१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

यू-१७ मा नेपाल थाइल्यान्डसँग पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — एएफसी यू–१७ एसियाकप छनोटमा नेपाल बुधबार थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । छनोटको समूह ‘एफ’को पहिलो खेलमा थाइल्यान्डले नेपाललाई सजिलै हराएको हो ।

यू-१७ मा नेपाल थाइल्यान्डसँग पराजित


भियतनामको फु थोस्थित भियत ट्रि स्टेडियममा भएको खेलमा थाइल्यान्डका लागि तोनतवाना पुन्तामुनेले २ गोल गरे । उनले ३५ र ६५ औं मिनेटमा १/१ गोल गरे । यस्तै तानक्रित जाम्पपालीले ७८ औं मिनेटमा १ गोल थपे ।

पूरा खेलमा क्रममा नेपाली किशोर खेलाडीले कुनै गतिलो आक्रमण बुन्न सकेन् । नेपालले अब शुक्रबारको खेलमा भियतनामको सामना गर्नेछ । यस्तै आइतबार नेपाल र चिनिया ताइपेयीबीच खेल हुनेछ ।

समूहको शीर्ष स्थानमा रहने टिम एएफसी यू–१७ एसियाकपका लागि छनोट हुनेछ । समूहको दास्रो स्थानमा रहने उत्कृष्ट ६ टिम पनि प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रकाशित : आश्विन १९, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?