कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

खेवाङ गोल्डकपको उपाधि लाली गुराँसलाई

आनन्द गौतम

ताप्लेजुङ — दसैंको अवसरमा सिरिजंगा गाउँपालिका ७ खेवाङमा सञ्चालित खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लाली गुँरास स्पोर्टिङ क्लब सुरुमखिमले जितेको छ । पाँचथरको युग्मी युथक्लब कुम्यायकलाई ३/२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

खेलको नवौं मिनेटमा युग्मीका दिप्स लावतीले पहिलो गोलको खाता खोलेपनि लालीगुराँसका मञ्जीत लिम्बूले २९ औं मिनेटमा गोल गरेर बराबरी गराएका थिए । दोश्रो हाफको १८ औं मिनेटमा युग्मीका मनिराजले दोश्रो गोल गरेर आफ्नो क्लबलाई अग्रता दिलाएपनि २९ औं मिनेटमा लालिगुराँसका मञ्जीतले दोश्रो गोल गर्दै बराबरी गराए । प्रतिष्पर्धात्मक खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि थपिएको अतिरित्त समयको दोश्रो मिनेटमा लालिगुराँसका अभिषेक लिम्बूले निर्णायक गोल गरे र आफ्नो टिमलाई विजयी गराए ।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विजेतालाई १ लाख ५५ हजार र उपविजेतालाई ६५ हजार पुरस्कार, मेडल, ट्रफी सहित सम्मान गरे । क्लबका अध्यक्ष विनम मावोका अनुसार भट्टराईसहित गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान लगायतले सम्मान गरेका थिए । दिपेस आङदेम्बेलाई बेष्ट डिफेण्ड, हेमन्त दर्नाललाई मिड फिल्ड, सुवास तामाङलाई वेष्ट गोल किपर, मनिराज लिम्वूलाई वेष्ट गोल्ड स्कोरर र मञ्जीत लिम्बूलाई वेष्ट प्लेयरको सम्मान प्रदान गरिएको मावोले बताए । प्रतियोगितामा १० टिम सहभागी थिए ।

प्रकाशित : आश्विन १८, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?