१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लेस्टरको पहिलो लिग जित

एजेन्सी

लन्डन — लेस्टर सिटीले सोमबार इंग्लिस प्रिमियर लिगमा यस सिजनको पहिलो लिगमा जित निकालेको छ । यसका लागि उसले नटिङ्घम फरेस्टसलाई सहजै ४–० गोलअन्तरले पराजित गर्‍यो । 

लेस्टरको पहिलो लिग जित

यो हारका कारण फरेस्ट लिग तालिकको सबैभन्दा अन्तिम स्थानमा पुगेको छ ।

लेस्टरको यो जितसँगै व्यवस्थापक स्टिभ कुपरमाथि दबाब सिर्जना भएको छ । लेस्टरका लागि भने यो जितले ठूलो राहत दिएको छ । जितका बावजुद लेस्टर फरेस्टको ठीक माथि १९औं स्थानमा छ ।

दुवै टिम आठ खेलबाट समान चार अंकमा छन् । लेस्टरको यो जितमा जेम्स म्याडिसनले दुई गोल गरे । यस्तै हारभे बार्नेस र पास्टन डाकाले एक एक गोल गरे ।

ब्रेन्डन रोजर्सको टिमले डिसेम्बरयता घरेलु मैदानमा हात पारेको यो पहिलो जित हो । फरेस्टले सन् १९९९ यता पहिलोपल्ट लेस्टरको भ्रमण गरेको थियो ।

प्रकाशित : आश्विन १८, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?