कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बिल तामाङको स्मृतिमा फुटबल 

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वफुटबल खेलाडी बिल तामाङको स्मृतिमा आयोजित पहिलो सहारा कप हङकङ प्रतियोगिता जोर्डन एफसीले जितेको छ । हङकङ स्थित जोर्डन पार्कमा शनिबार भएको प्रतियोगिताको फाइनलमा जोर्डनले एस एफसीलाई ३–१ ले पराजित गर्‍यो । 

बिल तामाङको स्मृतिमा फुटबल 

नेपालबाट उमेर समूहसहित फ्रेन्ड्स क्लब र काठमाडौं क्लबबाट ‘ए’ डिभिजन फुटबल खेलेका बिलको २०७८ सालको जेठ ४ गते कोभिड–१९ संक्रमणपछि ४६ वर्षको उमेरमा पोखरामा मृत्यु भएको थियो । सहरा क्लब पोखराको प्रशिक्षक रहेका बिल पछिल्लो दशक हङकङलाई कर्मथलो बनाउदै आएका थिए ।

बिलकी श्रीमति सुनिता मोक्तान र छोरा सुबिल तामाङले रेफ्रीलाई बल हस्तानतरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । सहरा क्लब, हङकङका आयोजनामा भएको प्रतियोगिताको विजेता जोर्डन एफसीले उपाधिसहित हङकङ डलर १५ हजार तथा उपविजेता एस एफसीले ८ हजार डलर र ट्रफी पायो ।

बुद्ध एफसीलाई फेयर अवार्ड प्रदान गरिएको थियो । गोर्खा ब्वाइज एफसीका काव्य घलेलाई राइजिङ प्लेयर, जोर्डन एफसीका लोमस पुनलाई उच्च स्कोरर, जोर्डनकै साहिल गुरुङलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको थियो । जोर्डनका विजय गुरुङ प्लेयर अफ द फाइनल भए ।

उपविजेता टोली एस एफसी

स्वर्गीय बिल तामाङकी श्रीमति सुनिता मोक्तान र छोरा सुबिल तामाङले रेफ्रीलाई बल हस्तानतरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै ।

तस्बिरहरु : एचकेनेपाल डटकम

प्रकाशित : आश्विन १६, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?