कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मार्लोकालाई हराएर बार्सिलोना शीर्षमा

एजेन्सी

म्याड्रिड — रोबर्ट लेवनडोस्कीको एक मात्र निर्णायक गोलको मद्दतले बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा रियल मार्लोकालाई १–० ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । लिगको सातौं खेलमा लेवनडोस्कीको यो नवौं गोल हो ।

मार्लोकालाई हराएर बार्सिलोना शीर्षमा

बायर्न म्युनिकबाट बार्सिलोना आएयता उनी लयमा रहेका छन् । यो जितपछि बार्सिलोनाको सात खेलबाट १९ अंक भएको छ । रियल म्याड्रिडको छ खेलबाट १८ अंक छ र उसले आइतबार जितसँगै बार्सिलोनालालाई उछिन्न सक्नेछ ।

शनिबारकै अन्य खेलमा एटलेटिको म्याड्रिडले सेभियालाई २–० ले हरायो र १३ अंकमा पाँचौं स्थानमा उक्लियो । यस्तै रियल भालाडोलिडले गेटाफेलाई ३–२ ले पराजित गर्‍यो भने काडिज र भिल्लारियलबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?