१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एमबापेको निर्णायक गोलमा पीएसजी विजयी

एजेन्सी

पेरिस — केयलिन एमबापेले खेलको अन्त्यतिर गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली  लिग वानमा निसलाई २–१ ले हराएको छ । यो जितपछि पीएसजी अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

एमबापेको निर्णायक गोलमा पीएसजी विजयी

उसले लियोनल मेसीको गोलले अग्रता लिएयता गेटान लाबोर्डेले निसका लागि बराबरी गोल फर्काए । खेलको ८३ औं मिनेटमा सब्टिच्युटका रूपमा मैदानमा उत्रेका एमबापेले निर्णायक गोल गरे ।

सबै प्रतियोगितामा पीएसजीको यो लगातार सातौं जित हो । पीएसजीको नौ खेलबाट २५ अंक छ र अपराजित छ । मार्से २३ अंकमा दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?