कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

लुम्बिनीलाई राजधानी कप

चित्रांग थापा

धनगढी — लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराएको हो ।

लुम्बिनीलाई राजधानी कप

पेनाल्टी शुटआउटमा दुवैबाट ९–९ गोल भएको थियो । त्यसअघि निर्धारित समयसम्म दुवैले १–१ को बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा निर्धारित समयको खेल बराबरीमा पुगेपछि निर्णय पेनाल्टी शुटआउटमा गरिएको हो ।

लुम्बिनीले ५ लाख रुपैयाँसहित ट्रफी जितेको छ । उपविजेता कर्णालीले ३ लाख रुपैयाँ पायो । उत्कृष्ट खेलाडी लुम्बिनीका फागुराम चौधरी भए । उनले २० हजार पाए । उत्कृष्ट डिफेन्डर लुम्बिनीका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णालीका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णालीका चन्द्रप्रकाश शाही, उत्कृष्ट मिडफिल्डर कर्णालीका भूपेन्द्र शाही चुनिए । उनीहरू जनही १० हजार पुरस्कार पाए ।

अत्तरियाको पीएफए स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिता भएको हो । असोज पहिलो साताको अविरल वर्षाले खेलका सुरुआती चरणमा बाधा उत्पन्न गरेको थियो ।

प्रकाशित : आश्विन १६, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?