कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

क्यान्डिडेट मास्टर कृष्णको जित कायमै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा भइरहेको एसियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो जित कायम राखेका छन् । डिफेन्डिङ च्याम्पियन कृष्णले तेस्रो चरणमा भारतका रन्जीत आरकेलाई हराए ।

क्यान्डिडेट मास्टर कृष्णको जित कायमै

त्यसअघि कृष्णले दोस्रो चरणमा जापानका ताकेनुउची ओत्सुसीलाई पराजित गरेका थिए । तीन चरण समाप्तिमा उनीसँगै १४ खेलाडीले समान ३ अंक बनाएका छन् । चौथो चरणमा उनले भारतका मधुसुदन केआरसँग कालो गोटीबाट प्रतिस्पर्धा गर्नेछन् ।

कोभिडका कारण दुई वर्षपछि आयोजित प्रतियोगितामा एसियाका २० देशका १ सय ४६ खेलाडीले भाग लिएका छन् ।

प्रकाशित : आश्विन १५, २०७९ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?