महिला क्रिकेट खेलको तालिका सार्वजनिक- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

रासस

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ ।

महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपिएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तियोगिताअनन्तर्गत पुरुष क्रिकेट भने यसअघि नै आयोजना भइसकेको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

हतियार बुझाउन जिल्ला प्रशासन मकवानपुरको आग्रह

सुवास विडारी

मकवानपुर — जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता भएको हातहतियार बुझाउन सूचना जारी गरेको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार हातहतियार बुझाउन मकवानपुर प्रशासनले आग्रह गरेको हो ।

कार्यालयका प्रमुख प्रशासकीय अधिृकत गुणराजप्रसाद न्यौपानेले जारी गरेको सूचनामा कात्तिक ५ गतेभित्र नजिकैको प्रहरी इकाईंमा लगत राख्ने गरी हातहतियार बुझाउन आग्रह गरिएको छ ।

‘निर्वाचन सम्पन्न भएको एकहप्तापश्चात् लगतकट्टा गरी फिर्ता हुनेगरी हातहतियार बुझाउन हामीले आग्रह गरेका छौं,’ प्रमुख प्रशासकीय अधिृकत न्यौपानेले भने ।


प्रकाशित : आश्विन १४, २०७९ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×