साउथ एसिया जुनियरमा नेपाललाई कांस्य

काठमाडौँ — भारतको गुवाहाटीमा भएको ब्याडमिन्टन एसिया साउथ एसिया जुनियर रिजनल च्याम्पियनसिपअन्तर्गत मिक्स टिम इभेन्टमा नेपालले कांस्य पदक जितेको छ ।

नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० ले जित्दा नेपाली टोली भारत र श्रीलंकासँग भने पराजित भएको थियो ।
नेपालले यु–१५ र यु–१७ टिममा कांस्य जितेको हो । यु–१५ मा कविर केसी, साहिल चन्द, रोजी राई र रिहाना शेरचन तथा यु–१७ मा डेभिड थापामगर, सुरज गुप्ता, रोज पाण्डे र सानिया चन्दले खेलेका थिए ।
