कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पाथिभरा म्याराथनको उपाधि कुँवरलाई

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित ताप्लेजुङ पाथिभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी तातोपानी गाउँपालिका–७ जुम्लाका कुँवरले ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका हुन् ।

पाथिभरा म्याराथनको उपाधि कुँवरलाई

दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेन्याङवो भए । खगेन्द्रले राजनलाई १ सेकेन्डले जितेका हुन् । शिखर नगरपालिका २ डोटी घर भएका भाट शिवदल गण बर्दिया धादिङमा कार्यरत छन् । उनले ४ घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । पाँचथरको फिदिम नगरपालिका ११ घर भई सेनाको युनिट रणशेर गण पाँचथरमा कार्यरत राजनले ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा दुरी पार गरे ।

प्रतियोगितामा १ सय ३५ जना सहभागी थिए । प्रथमले १ लाख ५१, दोस्रोले १ लाख ३१ र तेस्रोले १ लाख ११ हजार प्राप्त गर्ने छन् । सदरमुकाम फुङलिङको पाथिभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्लेपार्टी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंग्याइएको हो । प्रतियोगिता बिहान ७ बजेर ३५ मिनेटमा सुरु भएको हो । पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा ११ गतेदेखि पर्यटन महोत्सव सुरु भएको हो ।

प्रकाशित : आश्विन १३, २०७९ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?