मकवानपुरगढी महिला भलिबल च्याम्पियन

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरगढी गाउँपालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । बुधबार हुप्रचौरमा भएको फाइनलमा बकैया गाउँपालिकालाई २५–१५, २५–१९, २५–१३ को सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो ।

मकवानपुरगढी महिला भलिबल च्याम्पियन

विजेता मकवानपुरगढीले ५० हजार र उपविजेता बकैयाले ३० हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गरिन् ।

मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित हुँदा गढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर र रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित भइन् । मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की उदीयमान खेलाडी घोषित भए । हेटौडा उपमहानगरपालिका–४ स्थित मैदानमा भएको प्रतियोगितामा ७ टिमले भाग लिएका थिए ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?