२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कर्णाली आइपुग्यो ट्रफी

कणाली प्रदेशले स्वर्ण पदक जित्नेलाई २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा
ज्योति कटुवाल

सुर्खेत — आसन्न नवौं राष्ट्रिय खेलकुदको ट्रफी कर्णाली प्रदेशमा आइपुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा मंगलबार वीरेन्द्रनगरस्थित कभर्डहलमा ट्रफी अनावरण गरिएको हो ।

कर्णाली आइपुग्यो ट्रफी

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका ट्रफीलाई विभिन्न मुलुकमा प्रदर्शनका लागि पुर्‍याउने गरिए पनि नेपालमा भने पहिलो पटक ट्रफी टुर थालिएको हो । गण्डकीमा हुने असोज २८ देखि हुने नवौं राष्ट्रियमा सात प्रदेश, तीन विभाग र एनआरएनए टिमले भाग लिनेछन् । ट्रफी सबै टिममा पुर्‍याइने तालिका छ ।

ट्रफी टुर कार्यदल संयोजक दीपक विष्टले प्रत्येक प्रदेशमा ट्रफी पुर्‍याउनुको मुख्य कारण सम्बन्धित क्षेत्रका खेलाडीको हौसला प्रदान गर्नुरहेको बताए । कार्यदल सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अल्ट्रा धाविका मीरा राई र महिला भलिबलकी कप्तान अरुणा शाही सुर्खेतमा आइपुगेका छन् । संयोजक विष्टले कार्यदलसहित राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेशमा मुख्यमन्त्रीको उपस्थिति र तीन विभागीय टिमको मुख्य कार्यालयमा विभागीय प्रमुखको उपस्थितिमा ट्रफी सार्वजनिक गरिरहेको बताए ।

कर्णालीका मुख्यमन्त्री शाहीले राष्ट्रिय खेलकुदको ट्रफीले कर्णालीका खेलाडीको मनोबल बढाएको बताए । ‘कर्णालीका खेलाडीले ट्रफी स्पर्स गरिसके, अब नवौं खेलकुदमा ट्रफी जितेर आउनेमा हामी ढुक्क छौं,’ उनले भने, ‘पूर्वाधार अभावकै बीच पनि हामीले राम्रा खेलाडी उत्पादन गरिरहेका छौं, यहाँ न प्रशिक्षक छन् न त रंगशाला तर राष्ट्रिय खेलकुदका लागि झन्डै ६ सय खेलाडी छनोट हुनु हाम्रा लागि गर्वको विषय हो ।’ ट्रफी टुर कर्णालीबाट मधेस प्रदेशमा गराइने छ । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीबाट नवौंमा सहभागी भई स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कार दिने बताए ।

प्रकाशित : आश्विन १२, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?