अन्जन विष्टको ह्याट्रिकमा नेपाललाई पहिलो हाफमा ३-० को अग्रता- खेलकुद - कान्तिपुर समाचार

अन्जन विष्टको ह्याट्रिकमा नेपाललाई पहिलो हाफमा ३-० को अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — बांग्लादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ । नेपालको तर्फबाट स्ट्राइकर अन्जन विष्टले ह्याट्रिक गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।

दशरथ रंगशाला भएको रोमाञ्चक मैत्रीपूर्ण खेलमा विष्टले १८‍‍‍औं मिनेटमा पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि २६औं मिनेटमा दोस्रो गोल गरेका विष्टले ३७औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

प्रकाशित : आश्विन ११, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्

कुमारी र एनसीसी बैंक गाभिने

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) आपसमा गाभिने भएका छन् । दुई बैंकले आपसमा गाभिनका लागि सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रअनुसार यी बैंक समान सेयर आदानप्रदान अनुपात (१:१ स्वाप) मा गाभिन लागेका हुन्, जसअनुसार कुमारी बैंकको एक सय कित्ता सेयर बराबर एनसीसी बैंकको पनि १ सय कित्ता सेयर गणना हुनेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुमारी बैंककै नामबाट सञ्चालनमा आउनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रमेशराज अर्यालले पाउने सहमति भएको छ । अर्याल अहिले एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । चुक्ता पुँजी करिब पौने २५ अर्ब रुपैयाँ र कुल पुँजी करिब साढे ३७ अर्ब रुपैयाँ हुने बताइएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×