कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टुरिजम गल्फ आजदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप मंगलबार सुरु हुँदै छ । गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने तीनदिने प्रतियोगिता ५४ होलमा हुनेछ । नेपाल गल्फ संघ (एनजीए) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने प्रतियोगितामा ३६ खेलाडीले भाग लिनेछन् ।

टुरिजम गल्फ आजदेखि

प्रतियोगितामा ३६ होलको टिम च्याम्पियनसिप पनि हुनेछ । १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका सुवास तामाङले सद्भाव आचार्यसँग मिलेर नेपाल ‘ए’ को प्रतिनिधित्व गर्नेछन् । टासी छिरिङ र वाङचेन धोन्डुपले नेपाल ‘बी’ बाट खेल्नेछन् ।

‘संघले वार्षिक गर्ने यो विश्व वरीयताको प्रतियोगिता हो, वरीयता भन्ने बित्तिकै अन्य देशका खेलाडीहरू पनि खेल्न आउँछन्, तर यसपालि प्रतिकूल समय पर्न गयो,’ एनजीएका युवा तथा खेल विकास निर्देशक दीपक आचार्यले भने । प्रतियोगितामा कतारका शीर्ष दुई एमेच्योर खेलाडी सेलाह अली अल्काबी र अब्दुल रहमान अल सहरानीले टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम च्याम्पियनसिपमै बंगलादेशका शीर्ष एमेच्योर खेलाडी पुरुषतर्फ लिटोन मण्डल र मेहदी हसन खेल्नेछन् भने महिलातर्फ सोनिया अख्तर र रिंकी अख्तरले नेपालका कश्मिरा शाह र सुष्मा सिग्देलविरुद्ध खेल्नेछन् । ‘डेंगीको असर र हवाई टिकट अभावका कारण अन्य धेरै देशका खेलाडी आउन सकेनन्,’ एनजीएका अध्यक्ष टासी घलेले भने, ‘हामीले महिला टिमलाई पनि यसपालिदेखि केन्द्रित गरेका छौं ।’

सुष्माले टिम च्याम्पियनसिपमा प्रदेश १ को पनि प्रतिनिधित्व गर्नेछिन् । उनको जोडीको रूपमा सुमित्रा लिम्बू हुनेछिन् । त्यस्तै वाग्मती प्रदेशबाट तारा कार्की चित्रकार र प्रतिभा राई तथा गण्डकी प्रदेशबाट जुनी गुरुङ र टीका गुरुङले प्रतिस्पर्धा गर्नेछन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदपछि नेपालका महिला खेलाडीले पहिलो पटक टिम च्याम्पियनसिपमा खेल्न लागेका हुन् ।

बिहीबार अन्तिम दिन ६० सोसियल गल्फरले स्टेबलफोर्ड संरचनामा अर्को इभेन्ट खेल्नेछन् । यसमा नेपाल र मलेसियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एनजीएका कोषाध्यक्ष किसन अग्रवालले प्रतियोगिताका लागि ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने जनाए ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?