कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णाली सेमिफाइनलमा

कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको दोस्रो दिन कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार उद्घाटन खेल खेल्न लायक पर्याप्त उज्यालोको अभाव भएपछि आइतबार खेलाइएको शनिबारको बाँकी खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।

पश्चिम तराईको कैलाली र कञ्चनपुरमा शुक्रबारदेखि नै निरन्तरको वर्षाले धनगढी रंगशाला हिलाम्य भएपछि मैदान परिवर्तन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले पराजित गरेको हो । लुम्बिनीले मधेस प्रदेशलाई ४–२ गोलले हरायो । जितसँगै लुम्बिनी प्रदेश पनि सेमिफाइनल पुगेको छ ।

पीएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार राशि र ट्रफी र उपविजेताले ३ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?