२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सैनिक महाविद्यालयलाई साम्स उपाधि

ज्योति कटुवाल

सुर्खेत — आयोजक सैनिक महाविद्यालयले शनिबार साम्स फुटबल २०७९ प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा इगरब्रिज माध्यमिक विद्यालयलाई ४–० को फराकिलो गोलले पराजित गर्दै महाविद्यालय विजयी बनेको हो । सैनिक आवासीयसँग पराजित इगरब्रिज माविले दोस्रो स्थान हात पार्‍यो । 

सैनिक महाविद्यालयलाई साम्स उपाधि

प्रतियोगितमा सैनिक आवासीय महाविद्यालयका खेलाडीहरु युवक थापा बेस्ट गोल किपर, वीरेन्द्र थापा उत्कृष्ट खेलाडी घोषित भए भने सुशील वली ७ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीभित्र पुरस्कृत भए । यस्तै इगरब्रिजका चेतन थापा ‘राइजिङ्ग प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।

कार्यक्रममा पश्चिम कमाण्ड सेनापति उपरथी हिरलाल जोसीले प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार र द्वितीय हुने समूहलाई ५ हजार रुपैयाँ चेकसहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

असोज ५ गतेदेखि सुरु भएको अन्तर माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा जिल्लाका १० वटा विद्यालयका १२ टिम सहभागी भएको आयोजक सैनिक आवासीय महाविद्यालयका सम्पर्क अधिकृत सेनानी गणेश अधिकारीले जनाए । ‘महाविद्यालयले खेलकुद गतिविधिलाई समुदायमाझ पराकिलो बनाउने उद्देश्यले यो वर्षदेखि साम्स कपको सुरुवात गरिएको हो,’ उनले भने, ‘यो खेल प्रत्येक वर्ष दसैंअगाडि सञ्चालन हुनेछ ।’


प्रकाशित : आश्विन ८, २०७९ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?