कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेबलटेनिसमा संयोग र नवीता च्याम्पियन

काठमाडौँ — नेपाल पुलिसका संयोग कपाली र नवीता श्रेष्ठ केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । संयोग पुरुष तथा नवीता महिलामा विजेता भएका हुन् ।

टेबलटेनिसमा संयोग र नवीता च्याम्पियन

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले पुलिसकै विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३, ११–९ को सेटमा पराजित गरे । आर्मीका कृष्ण थापा मगर र आयोजक केकेएम र एनआरटीका हिमाल विष्ट तेस्रो भए ।

महिलाको फाइनलमा नवीताले एपीएफकी वियन्का राईलाई ८–११, ९–११, १३–११, ११–९, ११–८, ११–९ को सेटमा हराइन् । पुलिसकी एलिना महर्जन र एपीएफकी सिक्का सुवाल श्रेष्ठले कांस्य जिते । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित : आश्विन ८, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?