छैटौं उज्ज्वल–तारा दौडमा डा. कोइराला तेस्रो- खेलकुद - कान्तिपुर समाचार

छैटौं उज्ज्वल–तारा दौडमा डा. कोइराला तेस्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले शनिबार काँडाघारीमा सम्पन्न ‘छैटौं उज्ज्वल–तारा दसैं रन फर गुड हेल्थ’ दौडको पुरस्कार जितेका छन् ।

उज्ज्वल–तारा स्कुलले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिस्पर्धी रहेका डा. कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फ तेस्रो भएका हुन् । उनी आफ्ना उमेर समूहका २७ प्रतिस्पर्धी उछिनेर तेस्रो भए ।

सो विधामा ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएका थिए । सोही समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्रा रायमाझी दोस्रो र कल्पना आचार्य तेस्रो भए ।

१८ वर्षमाथि खुलामा महिलातर्फ स्वस्तिक तिरुवा पहिलो, सुनिता तामाङ दोस्रो र आभ्या केसी तेस्रो भए । पुरुषतर्फ दिनेश खड्का पहिलो, नीरज भट्ट दोस्रो र यामराज खत्री तेस्रो भए । विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पुरस्कार पाए ।

युगल समूहतर्फ कविता र गोविन्द कार्कीको जोडी पहिलो, सविता र अभिषेक उपाध्यायको जोडी दोस्रो तथा प्रकाश र चुना कटुवालको जोडी तेस्रो भए ।

अभिभावक विधाको महिलातर्फ ज्योति कार्की पहिलो, निमा लामा दोस्रो र सविना केसी तेस्रो भए । पुरुषतर्फ सुनील कार्की पहिलो, राजेन्द्र न्यौपाने दोस्रो र प्रद्युम्न केसी तेस्रो भएका थिए ।

विजेतालाई गल्फका घनश्याम थापा, दौडका संयोजक महासेनानी विष्णु कार्की, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, डा. कोइरालो फुरस्कृत गरे ।

प्रकाशित : आश्विन ८, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्

जुरेली विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालकी रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा शनिबार आयोजित स्पर्धा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेकी हुन् ।

आयोजककी अध्यक्ष भगवती खड्काका अनुसार भृकुटीमण्डपमा भएको स्पर्धामा रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए ।

सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर र भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् । एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ रेस्लर सहभागी थिए ।

प्रकाशित : आश्विन ८, २०७९ २०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×