जुरेली विजयी

काठमाडौँ — नेपालकी रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा शनिबार आयोजित स्पर्धा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेकी हुन् ।

जुरेली विजयी

आयोजककी अध्यक्ष भगवती खड्काका अनुसार भृकुटीमण्डपमा भएको स्पर्धामा रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए ।

सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर र भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् । एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ रेस्लर सहभागी थिए ।

प्रकाशित : आश्विन ८, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?