कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछाप कपको तयारी पूरा

रामेछाप — जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोस्रो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विजया दशमी तथा दीपावलीको अवसरमा मन्थलीको दीपशिखा ब्वाइज युनाइटेड क्लबले आयोजना गर्ने प्रतियोगिताका विजेता टिमले ३ लाख ३ हजार रुपैयाँ पुरस्कार जित्नेछ ।

रामेछाप कपको तयारी पूरा

असोज १० देखि १५ सम्म क्लबको आफ्नै मैदान करमबोटमा हुने स्पर्धामा पुलिस, आर्मी र विभिन्न जिल्लाका गरी १५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष आशिष कार्कीले बताए ।

नकआउट आधारमा हुने प्रतियोगिताका अधिकांश टिमले विदेशी खेलाडीसमेत समावेश गराएका छन् । दोस्रोले २ लाख २ हजार, तेस्रो हुने टिमले १ लाख १ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि टाइसिट निर्माणलगायतका सम्पूर्ण तयारी पूरा भएको क्लबले शनिबार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बताइयो । प्रतियोगिता गर्न २७ लाख ५६ हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।

प्रकाशित : आश्विन ८, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?