जुनियर ब्याडमिन्टन टोली गुवाहाटीतिर- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुनियर ब्याडमिन्टन टोली गुवाहाटीतिर

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको गुवाहाटीमा हुने ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा नेपालका आठ खेलाडीले भाग लिने भएका छन् ।

सेप्टेम्बर २६ देखि ३० सम्म हुने च्याम्पियनसिपमा नेपालका डेभिड थापा मगर, सुरज गुप्ता, कविर केसी, साहिल चन्दले ब्वाइजतर्फ तथा रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचनले गल्र्सतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यू–१५ र यू–१७ मा ब्वाइज तथा गल्र्स एकल र डबल्स, मिक्स डबल्स र मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बिदाइ गरे ।

प्रकाशित : आश्विन ७, २०७९ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्

यतीमा उड्दा उपहारै–उपहार

कान्तिपुर संवाददाता

काठमाडौँ — यती एयरलाइन्सले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरेर यात्रुका लागि विभिन्न उपहार योजना ल्याएको छ । ‘यतीमा मंगलमय फ्लाइट, बम्परमा जितौं नयाँ राइड’ योजनाअन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुलाई ‘रे जेडआर’ स्कुटर, हीराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो ।

यात्रुले बम्पर उपहारका साथै हात खाली नजाने उपहारस्वरूप दराज, भोज डिल्स र नमस्ते पेको डिस्काउन्ट भौचरका साथै हरेक साता एकएक जनालाई नि:शुल्क माउन्टेन फ्लाइट र रिटर्न टिकट पाउने एयरलाइन्सले जनाएको छ ।

घटस्थापनादेखि लागू हुने योजनाअन्तर्गत अग्रिम टिकट बुकिङ गरी सोही समयमा उडान गर्ने यात्रुलाई यो योजना लागू हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । तीन वटा बम्पर उपहार जित्न तोकिएको समयावधिभित्र यती एयरलाइन्ससँग यात्रा गर्नुपर्नेछ ।

प्रकाशित : आश्विन ७, २०७९ २२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×