कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मेयर कप स्नुकरमा नीरज तेस्रो चरणमा

काठमाडौँ — हेटौंडाका नीरज श्रेष्ठ दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा पुगेका छन् । छोर्तेन स्नुकर क्लब बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा शुक्रबार नीरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा हराए ।

मेयर कप स्नुकरमा नीरज तेस्रो चरणमा

विराटनगरका सरोज गौतम, खसौलीका गणेश थापा, डिप लभका परिवेश रेग्मी, बगरकोटका निर्मलकुमार तामाङ, पोखराका दीपेश क्षेत्री र खसौलीका अमर थापामगर पनि तेस्रो चरणमा पुग्न सफल भए ।

प्रतियोगितामा २ सय ५६ बढी खेलाडीको सहभागिता छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१–५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई १ लाख १ हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीलाई २५ हजार, उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक क्लबले जनाएको छ । प्रिक्वाटरफाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिनेछ । प्रतियोगिता नेपाल बिलियार्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोगमा भइरहेको हो ।

प्रकाशित : आश्विन ७, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?