२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भेट्रानमा इन्दिरा च्याम्पियन

काठमाडौँ — नेपाल पुलिसका संयोग कपाली र विनेश खनियाँ केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा फाइनल पुगेका छन् ।

भेट्रानमा इन्दिरा च्याम्पियन

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार संयोगले आयोजक केकेएम/एनआरटीका हिमाल विष्टलाई १३–११, ११–९, १६–११, ११–७ तथा विनेशले आर्मीका कृष्ण थापामगरलाई ११–५, ११–५, ८–११, १४–१२, ११–१ को सेटमा पराजित गरे ।

आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले एपीएफकी शिखा सुवाल श्रेष्ठलाई ११–७, ९–११, ८–११, ११–३, ११–६, १२–१० र एपीएफकी वियन्का राईले प्रहरीकी एलिना महर्जनलाई ११–३, ११–९, १२–१०, ११–८ को सेटमा हराएर फाइनल सुरक्षित गरे ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा डिल्लीबजारकी इन्दिरा पराजुली पौडेल विजेता भइन् । फाइनलमा इन्दिराले डिल्लीबजारकै सम्झना पोखरेललाई ११–३, ११–४, ११–७ ले हराइन् । पुरुष ४० वर्षमाथि टिम इभेन्टमा ललितपुर टेबलटेनिस क्लबले गोड स्पिनलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जित्यो ।


प्रकाशित : आश्विन ७, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?