हिमाल र वियन्काले जिते स्वर्ण- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाल र वियन्काले जिते स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक काठमाडौं खेल मण्डल र न्युरोड टिमका हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण पदक जितेका छन् । उनीहरू यू–१९ जुनियर सिंगल्समा विजेता भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा ब्वाइज फाइनलतर्फ हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६, ११–७ को सेटमा हराए । आयोजकका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेस्रो भए ।

गल्र्स फाइनलमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७, ११–८ को सेटमा हराए । आर्मीकी सुस्मिता खड्का र केकेएमकी अन्जु सुवालले कांस्य जिते ।

प्रकाशित : आश्विन ६, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

आईटीएफ तेक्वान्दोमा नवलपरासीलाई उपाधि

सन्जु पौडेल

तिलोत्तमा — नवौं राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिताअन्तर्गत मार्सलआर्टको विधा आईटीएफ तेक्वान्दोमा नवलपरासी जिल्लाले उपाधि चुमेको छ । ८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी जिल्ला टिम च्याम्पियन बनेको हो ।

यसैगरी खेलमा पाल्पा जिल्लाले ६ स्वर्ण, १ रजत र ७ कांस्य गरी कूल १४ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । खेलमा गुल्मी जिल्ला ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी कूल ९ पदक जित्दै तेस्रो तथा रोल्पा जिल्लाले ४ स्वर्ण, १ रजत र ३ कांस्य गरी कूल ८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा महिलातर्फ गुल्मीकी सविना श्रेष्ठ र पुरुषतर्फ पाल्पाका रजन रेश्मी उत्कृष्ट घोषित भए ।

प्रकाशित : आश्विन ६, २०७९ १९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×