बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौँ — बंगलादेशीविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बिहीबार नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय टिमको सूची जारी गरेका हुन् ।

प्रशिक्षक हुमागाईंले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट यो अन्तिम सूची तयार पारेका हुन् । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा असोज ११ मा हुनेछ ।
घोषित टिम यस प्रकार छ
गोलरक्षक : किरण लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकाश तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ठकुरी, एरिक विष्ट
फरवार्ड : विमल घर्तीमगर, ऋतिक खड्का, मनीष डाँगी, अञ्जन विष्ट, आशिष चौधरी ।
प्रकाशित : आश्विन ६, २०७९ १५:५८