उपमेयर कप भलिबल आजदेखि

हेटौंडा — केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा चौथो उपमेयर कप भलिबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ ।

हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये ९ महिला टिम र १२ पुरुष टिमको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलनमा जनाएको छ । हेटौंडा–४, हुप्रचौरमा असोज ९ सम्म हुने प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका महासचिव वसन्त सिटौलाले बताए ।

प्रतियोगिता गर्न हेटौंडा उपमहानगरले २ लाख ५० हजार बजेट उपलब्ध गराएको छ । प्रतिष्ठानले असोज १० देखि दोस्रो संस्करणको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगितामा १० टिमले भाग लिने छन् । विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन ६, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?