२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एलेन र इभाना क्याडेट च्याम्पियन

काठमाडौँ — आदर्श विद्यामन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । क्याडेट सिंगल्स ब्वाइजमा एलेन र गर्ल्समा इभाना च्याम्पियन भए ।

एलेन र इभाना क्याडेट च्याम्पियन

काठमाडौं खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियलका उज्ज्वल मानन्धरलाई ११–५, ११–७, ११–७ को सोझो सेटमा हराए । आयोजकका शंकर पहाडी र एभीएमका अतित गुरुङ तेस्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गर्ल्स फाइनलमा इभानाले आयोजककी नर्मदा खाइतुलाई ११–८, ११–६, ११–३ ले हराइन् । एभीएमका आर्सना महर्जन र साइरा शाक्य तेस्रो बने ।

खेलाडीले ११ स्पर्धा प्रतिस्पर्धा गर्नेछन् । भेट्रानका ५ स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष र महिला सिंगल्स विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार पुरस्कार प्राप्त गर्नेछन् । जुनियर ब्वाइज र गर्ल्स सिंगल्स (यू–१९) तथा क्याडेट ब्वाइज र गर्ल्स सिंगल्स (यू–१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र समान २ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् । स्पर्धा शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित : आश्विन ४, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?