प्रदेशस्तरीय शारीरिक सुगठनमा रुपन्देही विजयी

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा जारी नवौं राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत सोमबार शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेशस्तरीय शारीरिक सुगठनमा रुपन्देही विजयी

नवीन औद्योगिक माविको सभाहलमा भएको प्रतियोगितामा पुरुष शारीरिक संगठन खेलतर्फ ५५ केजी तौल समूहमा रुपन्देहीका भानुभक्त कडरिया प्रथम भएका छन् । पाल्पाका रन बहादुर सारु दोश्रो तथा गुल्मीका शिवराज विष्ट तेश्रो भए । त्यस्तै, ६० केजी समूहमा रुपन्देहीका सुनिल आले प्रथम, नवलपरासीका लेखबहादुर गुरुङ दोश्रो तथा पाल्पा अनुराग विक तेस्रो भएका छन् । ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, गुल्मीका दिलिप ढेङ्गा दोस्रो तथा दाङका माधव सुवेदी तेस्रो भएका हुन् ।

७० केजी तौल समूहमा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ प्रथम, दाङका भुवन विक दोश्रो र पाल्पाका प्रतीप बराल मगर तेस्रो भए । ७५ केजी तौल समूहमा रुपन्देहीका आकाश राना प्रथम भए । खेल अन्तर्गत ८० केजी तौल समूहमा दाङका मधुविक्रम थापा प्रथम तथा ८० केजी भन्दा माथिको समूहमा रुपन्देहीका विष्णु निसाद प्रथम हुँदै राष्ट्रिय खेलमा सहभागी हुने यात्रा तय गरे ।

यसैगरी पुरुष फिजिक्समा १ सय ७० सेमिभन्दा मुनिको खेलमा रुपन्देहीका एनोस थापा विजेता बन्दै छनोट हुन सफल भए । राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम पटक समावेश महिला शारीरिक सुगठन खेलमा नवलपरासी जिल्लाकी रबिना कुँवर प्रथम हुँदै छनोट भएकी छन् । महिला मोडल फिजिक्स विधामा दाङकी उर्मिला बस्नेत प्रथम भइन् ।

छनोट प्रतियोगितामा ६ स्वर्ण १ रजत पदक जित्दै रुपन्देही जिल्ला टिम च्याम्पियन भएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?