कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ब्याडमिन्टन छनोटमा रायमाझी विजयी

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा जारी नवौं राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत सोमबार ब्याडमिन्टन छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

ब्याडमिन्टन छनोटमा रायमाझी विजयी

सिद्धार्थनगरस्थित भैरहवा ब्याडमिन्टन कबर्ड हलमा भएको प्रतियोगितामा पुरुष सिंगलतर्फ पाल्पाका गणेश रायमाझी प्रथम भएका छन् । कपिलवस्तुका राज वर्मा दोस्रो तथा बाकेका इरफान अन्सारी र गुल्मीका मनोज फौदार (गुल्मी)तेस्रो भए । रुपन्देहीका विश्वास नेपाल चौथो, बाँकेका रियाज अन्सारी पाँचौ तथा बाँकेकै सरोज अन्सारी छैटौं स्थान हासिल गरेका छन् ।

त्यस्तै, महिला सिंगलतर्फ भने बाँकेकी सुष्मा श्रेष्ठ प्रथम भइन् । रुपन्देहीकी पूजा विष्ट दोस्रो तथा पाल्पाकी दिया शाक्य र शुष्मा बुढा तेस्रो भइन् । खेलमा कपिलवस्तुकी सुन्दरी थारु चौथो भइन् ।विजेता खेलाडीलाई पुरस्कार, प्रमाणपत्र वितरण गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुद क्षेत्रलाई प्रदेश सरकारबाट आवश्यक सहयोगको आश्वासन पाएको भन्दै यसमा सबैको साथ सहयोग जरुरी रहेको बताए ।

खेलमा १२ जिल्लाका ४७ जना पुरुष तथा २८ महिला खेलाडीले भाग लिएको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य तथा छनोट समितिका जीवनसिंह कुँवरले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?