लन टेनिसमा बुटवलका ज्ञवालीलाई २ स्वर्ण

सन्जु पौडेल

तिलोत्तमा — काठमाडौंमा जारी लन टेनिस प्रतियोगितामा बुटवलका निश्चल ज्ञवालीले दुई वटा स्वर्ण पदक जितेका छन् । टेनिस खेलको विकास र विस्तारको उद्देश्यसाथ टिम टेनिस नेपाल, धापाखेल ललितपुरको आयोजनामा टिम टेनिस नेपाल जुनियर खुला प्रतियोगिता २०७९ को यु–९ र यु–१० उमेर समूहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण हात पारेका हुन् ।

लन टेनिसमा बुटवलका ज्ञवालीलाई २ स्वर्ण

आइतबार भएको पहिलो खेलमा यु–९ उमेर समूहमा ज्ञवालीले विश्वविशेष डल्लाकोटीलाई ५–३, २–४ र १३–११ को सेटमा पराजित गर्दै उपाधि चुमे ।

त्यस्तै, यु–१० उमेर समूहमा पनि ज्ञवालीले दर्लाकोटीलाई १–६, ६–३, १०–५ को सेटमा पराजित गर्दै उनले दोस्रो स्वर्ण चुमेका हुन् । ज्ञवाली न्यु होराइजनको कक्षा ५ मा अध्ययनरत छन् ।

प्रकाशित : आश्विन २, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?