दौडमा विश्व र अञ्जु विजेता

काठमाडौँ — गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अञ्जु खड्का प्रथम वैकुण्ठ मानन्धर अन्तरमावि ५ किलोमिटर दौड प्रतियोगितामा विजेता भएका छन् ।

शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र वैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा शनिबार भएको दौड विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे । जनज्योति माविका अजय विक दोस्रो र अरनिको माविका सोनाम शेर्पा तेस्रो भए । अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गरिन् ।

पञ्चकन्या माविका सोनु घतानी दोस्रो र सरिता रम्तेल तेस्रो भए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ, कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, पूर्वधावक बुद्धवीर लामालगायतले पुरस्कृत गरे ।

लाखसहित सुनमाया सम्मानित

सोही अवसरमा फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौडमा दोस्रो भएकी धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मानसहित १ लाख १ हजार १ सय रुपैयाँ प्रदान गरिएको थियो । एक वर्षमा चार म्याराथन दौडेका भेट्रान धावक शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मानपत्रबाट सम्मान गरियो । दशरथ रंगशालाबाट सुरु दौड सोही स्थानमा आएर सकिएको थियो । दौडमा उपत्यकासहित रोल्पा, सुर्खेत, सुनसरी र सर्लाहीका विभिन्न ८० विद्यालयका २ सय १३ प्रतिस्पर्धी सहभागी थिए ।

प्रकाशित : आश्विन २, २०७९ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?