३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आर्मी क्लब चितवन गोल्डकपको सेमिफाइनलमा

रमेशकुमार पौडेल

चितवन — नारायणगढ क्याम्पाचौरमा जारी ईसुजु चितवन गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल भिड्ने चार टोलीको टुंगो लागेको छ ।

आर्मी क्लब चितवन गोल्डकपको सेमिफाइनलमा

बिहीबार अन्तिम क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सिमराको नव जनजागृति युवा क्लबलाई ३–२ ले पराजित गरेको थियो ।

यसअघि एपीएफ, अफ्रिकन टोली एभिनियर एफसी र मनाङ मर्स्याङ्दी क्लब सेमीफाइनल पुगेका छन् ।

बिहीबार आर्मीले सिमराको कडा टक्कर झेल्नुपर्‍यो । खेलको १६ औं मिनेटमै कप्तान जर्जप्रिन्स कार्कीको गोलले आर्मीले अग्रता लियो । लगत्तै २२ औं मिनेटमा सिमराका सुरेश कुमालले गोल फर्काएर खेल बराबरीमा ल्याए ।

त्यसको चार मिनेटपछि (२६औं मिनेट) मा आर्मीका विमल पाण्डेले गोल थपेपछि आर्मीले २–१ को अग्रता बनायो । मध्यान्तरपछि सातौं मिनेटमा आर्मीका सुदील पाण्डेले गोल गरेपछि सिमरामाथि दबाब बढ्यो । दोस्रो हाफको १९ औं मिनेटमा सिमराले पेनाल्टीको अवसर पायो । बक्सभित्र आर्मीका खेलाडीको ह्यान्ड भएपछि पाएको पेनाल्टीमा सिमराका अनिश चौधरीले गोल गरे । आर्मीका कप्तान अनिश म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

शुक्रबार मनाङ र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : भाद्र ३०, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?