२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
साफ महिला च्याम्पियनसिप २०२२

भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]

केशव थापा

काठमाडौँ — साफ महिला च्याम्पियनसिप २०२२ मा मंगलबार बंगलादेशले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हरायो ।

भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]
भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]

तीन खेलबाट ९ अंकसहित बंगलादेश समूह विजेता बनेको छ । भारत भने ६ अंकमै सीमित रहँदै दोस्रो स्थानमा छ । दुवै टिम यसअघि नै अन्तिम चार पुगिसकेका थिए । अब सेमिफाइनलमा बंगलादेशले भुटान तथा नेपालले डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछन् । यसअघि भारत प्रतियोगिताका सबै संस्करणमा खेलेका खेलमा विजयी रहेको थियो । बंगलादेशले भारतलाई पहिलो पटक हराएको हो । यसअघि समूह ए को मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभसलाई ७–० ले हराएको थियो ।

भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]

भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]

भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]

प्रकाशित : भाद्र २८, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?