कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

युएस ओपन : ५ घन्टा १५ मिनेटको खेल

एएफपी

न्युयोर्क — कार्लोस अलकारोज प्रतियोगिताको १ सय ४१ वर्षको इतिहासमा सबैभन्दा ढिला सकिएको पाँच सेटको प्रतिस्पर्धामा बिहीबार यानिक सिनरलाई हराएर युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

युएस ओपन : ५ घन्टा १५ मिनेटको खेल


सनसनीपूर्ण खेल ५ घन्टा १५ मिनेट चलेको थियो, जुन स्थानीय समयअनुसार बिहान २:५० बजे समाप्त भयो । उक्त प्रतिस्पर्धामा १९ वर्षीय अलकारेजले ६–३, ६–७ (७/९), ६–७ (०–७), ७–५, ६–३ को जित निकाल्दै अमेरिकी फ्रान्सेस टियाफोएविरुद्ध अन्तिम चारको भेट निश्चित गरे । यसअघि युएस ओपनको सबैभन्दा ढिला खेल बिहान २:२६ बजे सकिएको कीर्तिमान थियो ।

अलकारोजले यो साता दोस्रोपल्ट बिहान खेल टुंग्याएका हुन् । तेस्रो वरीयताका स्पेनी उनले चौथो चरणमा क्रोएसियाली मारिन सिलिचलाई पाँच सेटको प्रतिस्पर्धामा हराएको खेल मंगलबार बिहान २:२३ बजे सकिएको थियो । ११ औं वरीयताका २१ वर्षीय इटालियन सिनरविरुद्धको चर्चित जितसँगै अलकारेज आर्थर एस रंगशालामा ढलेपछि हजारौं स्पेनी समर्थक चिच्याएका थिए ।

‘इमानदारीपूर्वक भन्नुपर्दा मैले यो (कीर्तिमान जित) गरेको अझै मलाई थाह छैन,’ चौथो सेटमा म्याच प्वाइन्ट जोगाएका अलकारेजले भने, ‘म सधैं भन्ने गर्छु कि हामीले सधैं आफैंमाथि विश्वास गर्नुपर्छ । अन्त्यमा गुमाउने नै आशा हो । मैले आफैंलाई मात्रै विश्वास गरें र मेरो खेलमा विश्वास गरें ।’ उनले यो जितलाई आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन भएको पनि बताए । भने, ‘पाँच घन्टा १५ मिनेटमा पहिलो बलदेखि अन्तिम बलसम्म म र यानिकमा उच्चतम स्तर थियो । सबै सेटमा लक्ष्य थियो र हामी जित वा हारको धेरै नजिक थियौं । यो खेल म र यानिकले हाम्रो जीवनभरि सम्झने खेल रह्यो ।’

सिनरले उक्त हारलाई आफ्नो युवा करिअरकै सबैभन्दा कठिन भएको उल्लेख गर्दै भने, ‘मैले केही कठिन हार बेहोरेको छु र त्यसमध्ये यो सबैभन्दा माथिल्लो सूचीमा पर्दछ । मेरो विचारमा भोलि वा आज यो एउटा पीडा दिने हार हो म यसबाट उठ्नुपर्छ र सकारात्मक कुराका लागि केही प्रयास गर्नुपर्छ । तर, पक्कै पनि गाह्रो हुनेछ ।’

प्रकाशित : भाद्र २३, २०७९ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?