वाग्मतीका स्क्वास खेलाडी छनोट


काठमाडौँ — गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि वाग्मती प्रदेशबाट ७ स्क्वास खेलाडीको छनोट भएका छन् ।


नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मंगलबार सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषमा ४ र महिलामा ३ खेलाडी छनोट भए ।
अरहन्तकेशर सिंह, अमिर ब्लोन, उमित शाक्य र राजेन्द्र शाक्य तथा विपना ब्लोन, स्वस्थानी श्रेष्ठ र भावना सुनुवार छानिए ।
प्रकाशित : भाद्र २१, २०७९ २२:२९