१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

युनाइटेडले पन्छायो आर्सनललाई

एएफपी

लन्डन — मार्कस रसफोर्डको दुई तथा एन्टोनी सान्तोसले डेब्युमा गरेको गोल मद्दतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई ३–१ ले हराएको छ । आयाक्सबाट युनाइटेड आएयता पहिलो खेलमै ब्राजिली खेलाडीले ३५ औं मिनेटमा गोल गरे । बुकायो साकाले आर्सनलका लागि बराबरी गोल फर्कायता मार्कस रसफोर्डले ६६ औं मिनेटमा निर्णायक गोल गरे ।

युनाइटेडले पन्छायो आर्सनललाई

उनले ७५ औं मिनेटमा आफ्नो दोस्रो गोल थपे । यससँगै आर्सनलको पाँच खेलको लगातार जितको यात्रामा टुंगो लागेको छ । आइतबारको अर्को खेलमा ब्राइटनले खराब लयबाट गुज्रिरहेको लेस्टर सिटीलाई ५–२ ले हरायो । लेस्टरले पहिलो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । उसका लागि ५१ औं सेकेन्डमा केलेची इहनेनाचोल गोल गरे । यो अग्रता आठ मिनेट मात्र कायम रह्यो र लुका थोमसले आत्मघाती गोल गरे ।

त्यसयता एलेक्स म्याक एलिस्टरले ब्राइटनका लागि दुई गोल गरे भने मोसस काइसेडो र लियोनार्डो ट्रोसार्डले एक एक गोल गरे । लेस्टरको दोस्रो गोल प्याटसन डाकाको नाममा रह्यो । लेस्टर छ खेलबाट एक अंकसहित लिग तालिकाको सबैभन्दा पुछारमा छ । ब्राइटनको भने १३ अंक भएको छ । शनिबार डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शनिबार एस्टन भिल्लासँग १–१ को बराबरीमा रोकिएको थियो । यो नतिजापछि सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिन असफल रह्यो । सिटीको छ खेलबाट १४ अंक भएको छ र दोस्रो स्थानमा छ । भिल्लापार्कमा भएको खेलमा सिटीले ५० औं मिनेटमा इर्लिङ हल्यान्डको गोलले अग्रता लिएको थियो । लिगमा उनको यो दसौं गोल रह्यो । दोस्रो हाफमा भिल्लाका लागि लियोन बेलीले बराबरी गोल फर्काए ।

प्रभावशाली बार्सिलोना

म्याड्रिड– बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार सेभियालाई ३–० ले हराएर आफ्नो अपराजित यात्रा कायम राख्यो । जितसँगै बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ । उसको चार खेलबाट १० अंक भएको छ । बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवानडोस्की र एरिक गार्सियाले एक एक गोल गरे ।

रियल म्याड्रिड चार खेलबाट १२ अंकमा शीर्ष स्थानमा छ । रियलले आफ्नो शतप्रतिशत सुरुआत लिने क्रममा यसअघि रियल बेटिसलाई २–१ ले हराएको थियो । रियलका लागि भिनिसियस जुनियर र रोडरिगोलले एक एक गोल गरे । रियल सोसिडाड र एटलेटिको म्याड्रिड तथा मार्लोका तथा जिरोनाले समान १–१ को बराबरी खेले ।

प्रकाशित : भाद्र २०, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?