फोर ब्रदर्स र फर्साटिकर टिम विजयी

माधव ढुंगाना

भैरहवा — नवलपरासीको फोर ब्रदर्स फुटबल क्लब र रुपन्देहीको फर्साटिकर फुटबल क्लब लिस्नु कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा विजयी भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पशुपति उच्च माविको खेलमैदानमा सञ्चालित उक्त प्रतियोगितामा फोर ब्रदर्सले रुपन्देही कञ्जलापुरको झरना स्पोर्ट्सलाई ७–१ गोलले पराजित गर्‍यो ।

फोर ब्रदर्सका खेलाडी कृपा चौधरीले चार गोल गरे । अन्य खेलाडी रनजी चौधरी, आशिस महतो र आवेश शाहीले एक/एक गोल गरेका थिए । झरनाका दिपु थापाले एक गोल गरेका थिए ।

त्यसैगरी आइतबार भएको अर्को खेलमा फर्साटिकर फुटबल क्लबले बुटवल देवीनगरको आहाना फुटबल क्लबलाई ४–१ गोलले पराजित गरेको छ ।

वर्षाका कारण शनिबार स्थागित भएको उद्घाटन खेल आइतबार सञ्चालन गरिएको थियो । फर्साटिकरका संजु सेनले २ गोल र कृष्ण राना र राम न्यौपानेले एक/एक गोल गरेका थिए । आहानाका आसमान थापाले पनि एक गोल गरेका थिए ।

सोमबार गोर्खा ब्वाइज फुटबल क्लब रुपन्देही र सनराइजिङ फुटबल क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक लिस्नु युवा क्लबले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?