सुष्माको स्कोरमा केभीकेएसएस विजयी

काठमाडौँ — आयोजक केभीकेएसएसले चौथो अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार रिलायन्सलाई १३–२ ले पराजित गरेको छ । विजेताकी सुष्मा आलेले ११ स्कोर जोडिन् ।

सुष्माको स्कोरमा केभीकेएसएस विजयी

वेन्डी हाउसले काठमाडौं ग्लोबललाई ९–२, तिरुपतिले क्लिनटनलाई २६–५ र पृथ्वीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३२–६ ले हराए । वन्डीकी पवनी पाण्डेले ५, तिरुपतिकी किन्जुम सलाखाले १६ र पृथ्वीकी बबिता गुरुङले १२ स्कोर जोडे ।

ब्वाइजमा एन्जल्स हार्टले सिग्मालाई ११–४, किङडमले लक्ष्मीपुरलाई ४१–२६, वेन्डी हाउसले एसएस एकेडेमीलाई २७–१५, स्कोलर्स होमले एपेक्स लाइफलाई २६–१४ र रिलायन्स पब्लिकले बागमतीलाई २७–१५ ले हराए । एन्जल्स हार्टका निकेश पुनले ६, किङडमका साङबु लामाले १८, वेन्डीका सचिन गुरुङले ८, स्कोलर्स होमका एलेन छन्त्यालले ८ र रिलायन्सका कुन्साङ शेर्पाले १२ अंक जोडे ।

प्रकाशित : भाद्र १६, २०७९ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?