कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

४,६४५ मिटरमा गल्फ

विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मुस्ताङ गल्फ कोर्समा श्याम र सुष्माले जिते उपाधि
विनोद पाण्डे

लोमन्थाङ, उपल्लो मुस्ताङ — मुस्ताङ गल्फ कोर्समा यसअघि कुनै औपचारिक प्रतियोगिता भएको थिएन । सम्मानस्वरूप ८१ वर्षीया डाक्टर रीता थापाले पहिलो ‘टी अफ’ गरेपछि उपल्लो मुस्ताङको लोमन्थाङमा अवस्थित यस कोर्स नयाँ कीर्तिमानतर्फ अग्रसर भएको छ ।

४,६४५ मिटरमा गल्फ

टी अफसँगै मुस्ताङ गल्फ कोर्स विश्वको सबैभन्दा उच्च स्थानमा प्रतियोगिता आयोजना गर्ने स्थल बनेको छ । ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ नाम दिइएको प्रतियोगितामार्फत विश्व कीर्तिमानलाई प्रयास गरिएको हो ।

४ हजार ६ सय ४५ मिटर उचाइमा गरिएको यस प्रतियोगितालाई उच्च स्थानमा गरिएको गल्फ इभेन्टमा समावेश गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा पहल गरिने नेपाल प्रोफेसनल गल्फर्स संघका महासचिव दीपक आचार्यले बताए ।

प्रतियोगिताका विजेता गल्फरहरू । तस्बिर सौजन्य : सुवास हुमागाईं

मुस्ताङ गल्फ कोर्सले विगतमा विश्वकै उच्च स्थानको गल्फ कोर्सको रूपमा अवस्थित सिक्किमस्थित याक गल्फ कोर्स (३,९७० मिटर) लाई उछिनेको हो । महासचिव आचार्यले मुस्ताङ गल्फ कोर्स अब छिट्टै विश्व कीर्तिमानमा दर्ज हुने बताए ।

गण्डकीका प्रदेश सांसद इन्द्रधारा विष्टको पहलमा मुस्ताङ गल्फ कोर्स निर्माण गरिएको हो । नौ होलको प्रतियोगितामा ३६ खेलाडी थिए, त्यसमा एक अमेरिकी थिए । काठमाडौंबाट २१, पोखराबाट १०, मुस्ताङ र बुटवलबाट २–२ तथा अमेरिकाबाट १ खेलाडीले प्रतिस्पर्धा गरेका हुन् । तीन महिला खेलाडी थिए ।

काठमाडौंका श्याम तामाङ स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको प्रतियोगितामा २२ स्कोर गर्दै विजेता बने । पोखराका बलराम थापा २० अंक जोड्दै दोस्रो भए । वेस्ट ग्रसको उपाधि रवीन्द्र सैनीले जिते । उनले १४ ग्रस जोडेका थिए ।

महिलातर्फ सुष्मा सिंहले उपाधि जोडिन् । उनले १५ स्कोर गरिन् । लङगेस्ट ड्राइभको ट्रफी पनि रवीन्द्र सैनीले जिते । क्लोजेस्ट टु द पिनको उपाधि श्याम सिम्खडाले जिते । तेस्रो होलमा होल इन वान पुरस्कार राखिए पनि कसैले गर्न सकेनन् । विजेतालाई घोडा पुरस्कार राखिएको थियो ।

प्रकाशित : भाद्र १२, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?