१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लिभरपुलमाथि युनाइटेडको सनसनीपूर्ण जित

रोयटर्स

लिभरपुल — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुलमाथि २-१ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको छ । म्यानचेस्टरका लागि जाडोन सान्चो र मार्कस रसफोर्डले गोल गरे । यो हारसहित लिभरपुल तीन खेलमा जितविहीन छ ।

लिभरपुलमाथि युनाइटेडको सनसनीपूर्ण जित

सान्चोले १६औं मिनेटमा पहिलो गोल गरे भने रसफोर्डले ५३औं मिनेटमा दोस्रो गोल थपे । मोहमद सलाहले ८१औं मिनेटमा लिभरपुलका लागि एक गोल फर्काए पनि उक्त गोल टिमलाई हारबाट जोगाउन पर्याप्त रहेन ।

लिभरपुल हालसम्म दुई अंकमै सीमित रहेको छ भने युनाइटेडको सुधारिएको प्रदर्शनसँगै लिगमा पहिलो अंक बटुल्न सफल भएको छ ।

खेलमा क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्यागुएरलाई बेन्चमा थिए ।

प्रकाशित : भाद्र ७, २०७९ ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?