कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उत्कृष्ट पुरागमनमा न्युक्यासलसँग सिटीको बराबरी

एजेन्सी

लन्डन — इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन रच्दै प्रिमियर लिगमा आइतबार न्युक्यासल युनाइटेडसँग ३–३ को बराबरी खेलेको छ । ६ गोलको रोमाञ्चक प्रतिस्पर्धामा सिटी ३-१ गोलअन्तरले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो ।

उत्कृष्ट पुरागमनमा न्युक्यासलसँग सिटीको बराबरी

खेलले ५४ औं मिनेटमा न्युकासल ३-१ गोलअन्तरले अगाडि थियो । त्यसयता सिटीका लागि इर्लिङ हल्यान्ड र बर्नार्डो सिल्भाले एक एक गोल फर्काए । सिटीले पाँचौं मिनेटमा इलकयी गुन्डोगनको गोलले अग्रता लिएको थियो ।

सेन्ट जेन्स पार्कमा भएको खेलमा न्युक्यासलका तर्फबाट म्यागुएल एलमिरोन, सेन्ट म्याकसिन र किरन ट्रिपिएरले गोल गरे । यो नतिजापछि तीन खेलबाट सिटीको सात अंक भएको छ ।

आर्सनल तीन खेलबाट नौ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित : भाद्र ६, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?