कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वर्षाले इंग्ल्यान्डको उद्धार

एएफपी

लन्डन — दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन बुधबार घरेलु टिमलाई चर्को दबाबमा राखेको छ । लर्ड्समा सुरु भएको टेस्टको सुरुआती दिनको खेल वर्षाले प्रभावित रह्यो । यसै परिस्थितिले इंग्ल्यान्डलाई उद्धार गरेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो । दिनको खेल चाँडै टुंगिएको घोषणा हुँदा इंग्ल्यान्डले ६ विकेट गुमाएर १ सय १६ रनमात्र बनाएको छ ।

वर्षाले इंग्ल्यान्डको उद्धार

दक्षिणको घातक बलिङ आक्रमणसामु इंग्ल्यान्डका ब्याटर कमजोर र निरीह देखिए । दक्षिण अफ्रिकी बलरद्वय कागिसो राबाडा र एनरिक नोर्टजेको घातक आक्रामक बलिङको नमुना पेस गरेका थिए । चोटबाट बच्न संघर्षरत राबाडा खेल सुरु हुन ठीक अगाडि फिट घोषित भएका थिए । उनले इंग्ल्यान्डका दुवै प्रारम्भिक ब्याटर जोडी एलेक्स ली र ज्याक क्राउलीलाई आउट गरे ।

उनले लीलाई ५ र क्राउलीलाई ९ रनमा आउट पारे । अन्त्यमा उनको बलिङ विश्लेषण १२ ओभरमा ३६ रन खर्चेरले २ विकेट रह्यो । पहिलो विकेटका लागि इंग्ल्यान्डको खराब प्रदर्शन यस टेस्टमा पनि कायम रह्यो । त्यसपछि इंग्ल्यान्डमा पहिलो टेस्ट खेलिरहेका एनरिकले ३ विकेट लिए । त्यसमा एउटा सिकारका रूपमा इंग्लिस कप्तान बेन स्टोक्स पनि रहे ।

यस्तै मार्को जेन्सेनले पनि एक विकेट लिए । उनले लयमा रहेका पूर्व कप्तान जो रुटलाई ८ रनमै एलबीडब्लू धरापमा पारे । अर्का लयमा रहेका ब्याटर जोनी बेरिस्टो शून्यमै आउट भए । उनको विकेट भने एनरिकको नाममा रह्यो । उनले नै बेन फोक्सलाई पनि व्यक्तिगत ६ रनको स्कोरआ आउट गरे ।

इंग्ल्यान्डका लागि ओलि पोपले मात्र केही सुदृढ प्रदर्शन गरेका छन् । उनी ६१ रन बनाएर नटआउट छन् । उनलाई स्टुवार्ट ब्रोड (०) ले साथ दिइरहेका छन् । लन्च सकेको आधा घण्टामै वर्षा सुरु भएको थियो । यसले मैदान पनि प्रभावित रह्यो । केही साताको लगातार प्रचण्ड गर्मीपछि बुधबार मात्रै लर्ड्सको मौसमले खराब रूप लिएको हो ।

यसक्रममा पूरा दिन ३२ ओभरको खेलमात्र सम्भव भएको थियो । तर, यही सीमित ओभर र समयमा पनि इंग्ल्यान्ड दबाबमा आयो । इंग्ल्यान्ड पछिल्ला चार टेस्टमध्ये सबैमा जित निकालेर आत्मविश्वासी हुँदै मैदानमा उत्रेको थियो । तर, अहिले पहिलो दिनमै दक्षिण अफ्रिकाविरुद्ध त्यसमा ठेस लागेको छ ।

प्रकाशित : भाद्र २, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?