२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कराँते च्याम्पियनसिपमा बागलुङका दुई खेलाडी सहभागी हुने

प्रकाश बराल

बागलुङ — शुक्रबारदेखि थाइल्यान्डमा हुने ओपन कराँते डोजो च्याम्पिएनसिप २०२२ मा भाग लिन बागलुङका दुई खेलाडी प्रस्थान गरेका छन् । बागलुङको बडिगाड डोजोका खेलाडीहरू नवीन थापा र बिज्जल पाइजाले खेलमा सहभागिता जनाउने भएका हुन् । बुधबार उनीहरूलाई एक कार्यक्रमका बिच बिदाइ समेत गरिएको छ । 

कराँते च्याम्पियनसिपमा बागलुङका दुई खेलाडी सहभागी हुने

बडिगाड गाउँपालिका ५ का अध्यक्ष विष्णुप्रसाद आचार्य र प्रशिक्षक राजनकुमार पाइजाले उनीहरूलाई बिदाइ गरे । पहिलो पटक ग्रामीण स्तरबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी पठाउन पाएकोमा खेलाडीले खुसी व्यक्त गरेका छन् । उनीहरूले उच्च मनोबलका साथ खेल्ने पनि बताए ।

प्रशिक्षक राजनकुमार पाइजाले खेलाडीको तयारी राम्रो भएकाले उत्कृष्ट प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरे । ‘आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै विदेशमा खेल्न जान पाउनु सौभाग्य हो‚’ पाइजाले भने, ‘हार-जीत स्वभाविक होला तर देशकै प्रतिनिधित्व गर्ने अवसर ठूलो हो ।’

बागलुङमा अहिले २ सय ७० भन्दा बढी ब्ल्याक बेल्ट पाएका युवा खेलाडीहरू कराँतेमा सक्रिय छन् । विराटनगरमा भएको आठौं खेलकुद प्रतियोगितामा पाइजा नेपाल च्याम्पियन भएका थिए ।

प्रकाशित : भाद्र १, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?