नवौं राष्ट्रिय खेलकुद :  कार्यतालिका सार्वजनिक- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवौं राष्ट्रिय खेलकुद :  कार्यतालिका सार्वजनिक

कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । पहिलो चरणमा १४ खेललाई विशेष प्रशिक्षणसहित सोझै छनोट गरिने छ भने २२ खेलको जिल्ला छनोट हुनेछ ।

परिषद्ले पहिलो चरणमा आगामी भदौ ३ गतेदेखि १४ खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी छन् ।

यसैगरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता आगामी भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गर्न तालिका तय गरिएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । भदौ १५ गते भव्य कार्यक्रमबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘ब्राण्डिङ’ गरी अघि बढाइने परिषद्ले जनाएको छ ।

आगामी भदौ १५ गते देखि सुरु हुने अन्तिम छनोटमा २२ खेलका लागि तीन हजारभन्दा बढी खेलाडी पोखरा आउने छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल समावेश गरिएको छ । गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्

त्रिविमा तालाबन्दीविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको तालाबन्दीविरुद्ध अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले उपकुलपतिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ ।

केही महिनाअघिदेखि सत्तारुढ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले जारी राखेको तालाबन्दीको विरोधमा संकलन गरेको १५ सय जनाको हस्ताक्षरसहित प्रधानमन्त्री देउवालाई मंगलबार ज्ञापनपत्र बुझाएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष शम्भू भट्टले जानकारी दिए । त्रिविको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ ।

'सत्ताको आडमा नेविसंघले शैक्षिक क्षेत्रमा देखाएको अराजकता र तालाबन्दीको विरोधमा १२ मिटर लामो कपडामा संकलित हस्ताक्षरहरुलाई अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको ज्ञापनपत्रसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटामार्फत विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छौं,' अध्यक्ष भट्टले भने ।

प्रकाशित : श्रावण ३१, २०७९ २२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×