२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बास्केटबलमा ललितपुर हाइ र नखिपोट भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर हाइले मंगलबार आईएसए नेपाललाई ५०–२६ स्कोर पराजित गर्दै प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा स्थान तय गरेको छ ।

बास्केटबलमा ललितपुर हाइ र नखिपोट भिड्ने

आयोजक नखिपोट युथ क्लबको हलमा ललितपुरको जितेमा ममता गुरुङ र अस्मिता थापाले १३–१३ स्कोर गरेका थिए । ललितपुर एक खेलअगघि नै फाइनल पुगेको हो । आईएसएले लगातार दोस्रो हार बेहोरेपछि आयोजक नखिपोट फाइनल पुग्न सफल भयो । ४ टिम सहभागी राउन्ड रोबिन लिगमा अब ललितपुर र नखिपोटको खेलले समूह विजेता टुंगो लगाउने छ ।

पुरुषमा रोयलले कीर्तिपुरलाई ७७–६३ ले हरायो । रोयलका निकेश मगरले २६ स्कोर गरे । पहिलो क्वाटरमा १६–१० को अग्रता लिएको रोयलले त्यसलाई अन्तिमसम्म कायम राख्यो । रोयलले दोस्रोमा २०–१४, तेस्रोमा १९–१८ र चौथोमा २२–२१ को प्रदर्शन गर्‍यो ।

बौद्ध सेमिफाइनलमा

आयोजक बौद्ध स्कुल पाँचौं बीआईबी कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनल पुगेको छ । घरेलु कोर्टमा बौद्धले मेरिडियन स्कुललाई २५–१४ ले पराजित गर्‍यो । विजेताकी सब्रिना पन्तले १५ स्कोर जोडिन् । गल्र्समै निस्ट, चाँदबाग र डाफोडिलले पनि सेमिफाइनल पुगे । निस्टले निसर्ग बाटिकालाई ३२–१३ ले हरायो । निस्टकी पूर्णिमा बरालले १० स्कोर जोडिन् । चाँदबागले भेनसलाई २४–११ ले हराउँदा अंशु गुरुङले ८ स्कोर गरिन् । डाफोडिलले विद्यासंस्कारमाथि ३५–३४ को साँघुरो जित दर्ता गर्‍यो । डाफोडिलकी उर्जा मगरले १४ स्कोर जोडिन् ।


प्रकाशित : श्रावण ३१, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?