ललितपुर हाई विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — टाइम्स कलेज प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ पहिलो टोलीको रूपमा क्वाटरफाइनल पुगेको छ । सोमबार नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा सम्पन्न समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ स्कोरको फराकिलो अन्तरले हरायो ।

 ललितपुर हाई विजयी

टाइम्सका सदीश प्रधानले २९ स्कोर जोडे । टाइम्सले पहिलो दिन कसमसबाट वाकओभर पाएको थियो ।

महिलाको राउन्ड रोबिन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ५१–२७ ले हरायो । ललितपुरकी अस्मिताले १५ स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको ललितपुरले क्रमश: १५–०, १३–११, १४–१० र ९–६ को प्रदर्शन गरेको थियो । कीर्तिपुरको यो लगातार दोस्रो हार हो ।

प्रिमियरको भेट बुद्धसँग

प्रिमियर र युरो सोमबार पाँचौं बीआईबी कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

आयोजक बौद्ध स्कुलको कोर्टमा प्रिमियरले स्वर्ण शिक्षालाई ५१–२१ स्कोरले पराजित गर्‍यो । प्रिमियरका प्रणय वासीले १९ स्कोर गरे । अभिनव थापाको २० स्कोर सहयोगमा युरोले न्यु बुद्धप्रकाशलाई ४२–२८ ले हरायो ।

बुद्ध एकेडेमी र नेमोनिक सेमिफाइनल पुगेका छन् । बुद्धले डाफोडिलमाथि ५४–१५ को सहज जित दर्ता गर्‍यो । विजेताका दीपक लामाले १५ स्कोर गरे । प्रवेश तामाङले २६ स्कोरमा नेमोनिकले प्यारागनविरुद्ध ५१–४५ को जित रच्यो । सेमिफाइनलमा नेमानिकको भेट युरो तथा प्रिमियरको बुद्धसँथ हुनेछ । गल्र्सको क्वाटरफाइनल मंगलबार हुनेछ ।

आयोजक ग्रिनफिल्ड विजयी

आयोजक ग्रिनफिल्डले नवौं ग्रिनफिल्ड अन्तरस्कुल बास्केटबल प्रतियोगितामा दोहोरो सफलता पाएको छ । ग्रिनफिल्डका सिनियर र जुनियर दुवै ब्वाइज टोली विजयी भए ।

सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३–३५ ले पराजित गर्दा शशांक कार्कीले १८ स्कोर जोडे । जुनियरमा अंकित सुनारको ९ स्कोरमा ग्रिनफिल्ड ‘ए’ ले नेरिकलाई १८–१२ ले हरायो ।

अन्य खेलमा नेरिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १९–१०, किङडम हिमालयले हेम्सलाई ६४–५२, महामञ्जुश्रीले पुष्पसदनलाई ३३–२० र काठमाडौं जेभियरले एलआरआईलाई ३०–१७ ले हराए ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले ईबीएलाई १६–८, संस्कृतिले ग्रिनफिल्ड ‘बी’ लाई १२–१० र महामञ्जुश्रीले हिमालयनलाई १४–११ ले पन्छाए । सिनियर गल्र्समा संस्कृतिले ग्रिनफिल्डलाई २२–१० र काष्ठमण्डपले हेम्सलाई २४–१३ ले पराजित गरे ।

प्रकाशित : श्रावण ३०, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?