कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चेल्सी र टोटनहमको नाटकीय बराबरी

कान्तिपुर संवाददाता

लन्डन — ह्यारी केनले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गरेपछि टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीलाई २–२ को नाटकीय बराबरीमा रोकेको छ । स्टामफोर्ड ब्रिजमा भएको लन्डन डर्बीमा दुवै टिमका प्रशिक्षकलाई रातो कार्ड देखाइएको थियो ।

चेल्सी र टोटनहमको नाटकीय बराबरी

खेलको अन्त्यमा चेल्सीका टोमस टुचेल र टोटनहमका एन्टोनियो कोन्टे झगडामा उत्रिएका थिए । खेल सकिन केही सेकेन्ड मात्रै बाँकी छँदा केनले गोल गरेपछि चेल्सीका लागि स्थिति तनावपूर्ण बनेको थियो ।

चेल्सीले कलिडो कोलिबेलीको गोलले अग्रता लिएको थियो । दोस्रो हाफमा पिएरे इमिले टोटनहमका लागि पहिलो पल्ट बराबरी गोल फर्काए । जेम्सले चेल्सीलाई दोस्रो पल्ट अग्रता दिलाए पनि जितका लागि यो पर्याप्त भने रहेन ।

त्यसअघि नटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई १–० ले हराएको थियो; त्यसमा टाइओ अवानियीले निर्णायक गोल गरे । प्रिमियर लिगमा २३ वर्षयता फर्केको फरेस्टको यो पहिलो जित हो ।

प्रकाशित : श्रावण ३०, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?