३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

म्यानचेस्टरमाथि ब्रेन्टफोर्डको चार गोल

एएफपी

लन्डन — पहिलो हाफको उत्कृष्ट प्रदर्शनको मदतले ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । ब्रेन्टफोर्डका चारै गोल पहिलो हाफको ३५ मिनेटभित्र सम्भव भएको थियो ।

म्यानचेस्टरमाथि ब्रेन्टफोर्डको चार गोल

यस जितमा जेस डासिल्भा, म्याथिस जेन्सन, मेन मी र ब्रायन एमबेमोले एक एक गोल गरे । म्यानचेस्टर लिगमा घर बाहिर पराजित भएको यो लगातार सातौं खेल हो र यो सन् १९३६ यताकै खराब प्रदर्शन हो ।

म्यानचेस्टरको यो लगातार दोस्रो हार पनि हो । यसअघि उसलाई ब्राइटनले हराएको थियो । लगातार दुई हारपछि म्यानचेस्टर सुरुआती अंक तालिकाको पुछारमा छ र अबको खेलमा लिभरपुलको सामना गर्दैछ ।

शनिबारका अन्य खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई ४–० र आर्सनलले लेस्टर सिटीलाई ४–२ ले हराएको थियो । यस्तै एस्टन भिल्लाले एभरटनलाई २–१ ले हरायो ।

ब्राइटन र न्युकासलले ०–०, साउथह्याम्पटन र लिड्स युनाइटेडले २–२ तथा उल्भ्स र फुलहमले ०–० को बराबरी खेले ।

प्रकाशित : श्रावण २९, २०७९ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?