खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

कान्तिपुर संवाददाता

धनगढी — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चुनिएका छन् । शाखाको शनिबार सम्पन्न चौथो साधारणसभा तथा तेस्रो अधिवेशनले यसअघि महासचिव रहेका पाठकलाई नेतृत्वमा सर्वसम्मत चयन गरेको हो ।

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर विष्ट र गगन एडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोस्यारा र कोषाध्यक्षमा नवराज पनेरु तथा सदस्यमा नीराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत चयन भए ।

बन्दसत्रमा महासचिव प्रदीप पाठकले सांगठनिक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५ सय ७० रुपैयाँ आयव्ययसहित आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

प्रकाशित : श्रावण २८, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?